मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता « Khabarhub

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

रिजालले मंगलबार पार्टीको केन्द्रीय निर्वाचन समितिसमक्ष खुला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिने रिजाल पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा पार्टीभित्र अपेक्षाकृत छायामा परेका थिए। १४औँ महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिए पनि पराजित भएका थिए।

कांग्रेसको विधानअनुसार यसपटक चार जना उपसभापति निर्वाचित हुनेछन्। चार उपसभापतिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था छ। एक समावेशी र दुई खुला उपसभापतिका लागि निर्वाचन हुनेछ।

रिजालले खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ०१ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न