मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता « Khabarhub

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

रिजालले मंगलबार पार्टीको केन्द्रीय निर्वाचन समितिसमक्ष खुला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिने रिजाल पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा पार्टीभित्र अपेक्षाकृत छायामा परेका थिए। १४औँ महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिए पनि पराजित भएका थिए।

कांग्रेसको विधानअनुसार यसपटक चार जना उपसभापति निर्वाचित हुनेछन्। चार उपसभापतिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था छ। एक समावेशी र दुई खुला उपसभापतिका लागि निर्वाचन हुनेछ।

रिजालले खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ०१ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल