ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने « Khabarhub

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुने भएकी छन्।

एमाले सचिवालयको आज बसेको बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता प्रदान गर्दै आगामी सचिवालय बैठकदेखि सहभागी हुन पाउने व्यवस्था गरेको हो।

एमालेले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने व्यवस्था गरिएको थियो। सोहीअनुसार उनलाई पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरोलगायत बैठकमा सहभागी हुने अधिकारसमेत दिइएको छ।

भण्डारी वरिष्ठ नेताको हैसियतमा अब एमाले सचिवालय बैठकमा सहभागी हुनेछिन्। यससँगै एमालेको सचिवालयमा दुई जना महिला नेतृ हुने भएका छन्। यसअघि सचिवालयमा पद्मा अर्याल महिला नेतृका रूपमा रहेकी छन्।

पूर्वराष्ट्रपति भण्डारी यसअघि एमालेको केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यसमेत रहिसकेकी छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ०६ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६