ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने « Khabarhub

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुने भएकी छन्।

एमाले सचिवालयको आज बसेको बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता प्रदान गर्दै आगामी सचिवालय बैठकदेखि सहभागी हुन पाउने व्यवस्था गरेको हो।

एमालेले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने व्यवस्था गरिएको थियो। सोहीअनुसार उनलाई पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरोलगायत बैठकमा सहभागी हुने अधिकारसमेत दिइएको छ।

भण्डारी वरिष्ठ नेताको हैसियतमा अब एमाले सचिवालय बैठकमा सहभागी हुनेछिन्। यससँगै एमालेको सचिवालयमा दुई जना महिला नेतृ हुने भएका छन्। यसअघि सचिवालयमा पद्मा अर्याल महिला नेतृका रूपमा रहेकी छन्।

पूर्वराष्ट्रपति भण्डारी यसअघि एमालेको केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यसमेत रहिसकेकी छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ०६ बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले