‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित) « Khabarhub

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न र आन्तरिक एकतालाई सुदृढ बनाउन विगतका अभिव्यक्ति तथा क्रियाकलापलाई बिर्सेर ‘कटअफ’ गर्ने नीति लिएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज ५ देखि ८ गतेसम्म ललितपुरको रामबाग पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयहरू कार्यान्वयनका लागि जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी–३) मा उक्त विषय उल्लेख गरिएको छ ।

एमालेले पार्टीमा हुर्किँदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गर्न केन्द्रीय कमिटीको तेस्रो बैठकलाई ‘कटअफ बैठक’ मानेको छ । अपानी अनुसार, ‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने’ निर्णय गर्दै विगतमा देखिएका कतिपय असझदारी र अस्वस्थतालाई यसै बैठकबाट अन्त्य गरिएको घोषणा गरिएको छ । 

तथापि, अब उप्रान्त कसैले पनि पार्टीको नीति, निर्णय र नेतृत्व विरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान वा गुटबन्दी गरेमा स्पष्टीकरण सोधिने र कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ । 

यस्ता अनुशासनहीन क्रियाकलापमा कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले सङ्गठन विभागलाई प्रदान गरेको छ भने पार्टीको केन्द्रीय अनुशासन आयोगलाई थप सक्रिय बनाइने निर्णय भएको छ ।

यस्तो छ अपानीको पूर्णपाठ

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : १४ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता