वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता « Khabarhub

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शर्माले मंगलबार वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट कांग्रेसको उपसभापति बनेका थिए।

शर्माको उम्मेदवारी वरिष्ठ उपसभापति पदमै रहेको झापाका नेता उद्धव थापाले जानकारी दिए। शर्माले आफ्नो उम्मेदवारीका लागि प्रस्तावक र समर्थकसमेत पूर्वेली नेताहरूलाई रोजेका छन्।

यसअघि कांग्रेसमा वरिष्ठ उपसभापति पदको व्यवस्था थिएन। विधान संशोधन गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको हो। उक्त पद विश्वप्रकाश शर्मालाई लक्षित गरेर सिर्जना गरिएको चर्चा कांग्रेसभित्र चल्दै आएको थियो।

कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा अन्य नेताहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। तर वरिष्ठ उपसभापति पदमा अहिलेसम्म शर्माबाहेक अरू कसैले उम्मेदवारी दर्ता गराएको वा नगराएको स्पष्ट भइसकेको छैन।

कांग्रेसले महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : २९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल