काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार राष्ट्रिय सभागृह परिसरमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहँदा काठमाडौँमा भारी वर्षा भएको छ ।
एक्कासि परेको पानीका कारण सभागृह पुगेका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि प्रभावित बनेका छन् ।
पानी पर्न थालेपछि परिसरमा उपस्थित उम्मेदवार र तिनका समर्थक ओत खोज्न सभागृहको हल र त्रिपाल खोज्न बाध्य भएका हुन्।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्म पुर्याएको छ । वर्षाका बाबजुद उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।















प्रतिक्रिया