नोबेल साहित्यमा महिला लेखकको चर्चा « Khabarhub

नोबेल साहित्यमा महिला लेखकको चर्चा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखकको नाम चर्चामा आएको छ । पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यस पटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन् ।

अठार सदस्यीय स्विडिस एकेडेमीले बिहीबार दिउँसो विजेताको नाम घोषणा गर्नेछ । पुरस्कारका लागि सार्वजनिक छोटोसूची नरहने र नामाङ्कनसम्बन्धी अभिलेख ५० वर्षसम्म गोप्य राखिने भएकाले सम्भावित विजेताबारे अनुमान तीव्र बनेको छ । एन्टिगुआमा जन्मिएर अमेरिकामा बस्दै आएकी ७७ वर्षीया जमैका किनकेड र चीनकी लेखिका कान सु चर्चामा छन् ।

किनकेडका कृतिमा क्यारिबियन संस्कृति, परिवार, पहिचान र उपनिवेशवादका विषय समेटिएका छन् भने कान सुको प्रयोगात्मक लेखनलाई फ्रान्ज काफ्कासँग तुलना गरिन्छ । हालसम्म १२२ साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकामा १८ जना मात्र महिला छन् । कुनै पनि अफ्रिकी भाषामा लेख्ने लेखकले पुरस्कार पाएका छैनन् ।

सन् २०१८ को विवादपछि एकेडेमीमा व्यापक परिवर्तन भएको र त्यसयता महिला लेखकको प्रतिनिधित्व बढेको छ । यस पटक ल्याटिन अमेरिकी लेखक पनि चर्चामा छन् । स्विडेनकी साहित्यिक आलोचक लिना कालमेटेगले नयाँ पुस्ताका महिला लेखकको प्रभाव बढिरहेको बताएकी छन् ।

उनले अर्जेन्टिनाकी ४८ वर्षीया सामन्ता स्वेब्लिन सम्भावित नाम हुन सक्ने उल्लेख गरिन् । सम्भावित दावेदारमा अस्ट्रेलियाका जेराल्ड मुर्नाने, एलेक्सिस राइट, अमेरिकी लेखक थोमस पिन्चन, मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जा, जर्मनीकी जेनी एर्पेनबेक र भियतनामकी डुओङ थु हुङ पनि छन् ।

गत वर्ष हङ्गेरीका लास्लो क्रास्नहोरकाईले यो पुरस्कार प्राप्त गरेका थिए । यस वर्षका विजेताले १२ लाख अमेरिकी डलर, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ४९ बजे

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका