काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले बढेर २ हजार ५७८.७३ अंकमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ४६१.८६ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.८२ अंकले बढेर १७७.७१ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७५ अंकले बढेर १५५.८४ अंकमा पुगेको छ।
आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा कारोबार भएका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा दुई उपसमूह घटेका छन्। आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक र हाथवे इन्भेष्टमेन्ट नेपाललगायतका लगानीकर्ताले कमाएका छन्। सर्वाेत्तम पेन्ट्स, एनआईबीएल ग्रोथ फण्ड र चिर्खवा हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।














प्रतिक्रिया