नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ? « Khabarhub

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले बढेर २ हजार ५७८.७३ अंकमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ४६१.८६ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.८२ अंकले बढेर १७७.७१ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७५ अंकले बढेर १५५.८४ अंकमा पुगेको छ।

आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा कारोबार भएका छन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा दुई उपसमूह घटेका छन्। आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक र हाथवे इन्भेष्टमेन्ट नेपाललगायतका लगानीकर्ताले कमाएका छन्। सर्वाेत्तम पेन्ट्स, एनआईबीएल ग्रोथ फण्ड र चिर्खवा हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ४६ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको