कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने « Khabarhub

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको छ। बन्दसत्रको बाँकी छलफल बुधबार बिहान पुनः हुने भएको छ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेका छन्।

छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिए।

उनका अनुसार बन्दसत्रको छलफल बुधबार बिहान साढे १० बजे पुनः सुरु हुनेछ। बुधबारको सत्रको सुरुवातमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले बताए।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : १४ बजे

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)