‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’ « Khabarhub

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । साथै, आर्थिक समुन्नतीको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्‍याइ आर्थिक रूपान्तरणमा नयाँ अध्याय शुरू गर्नुपर्नेछ । यस्तो नेतृत्वबाट आगामी दिनमा देशको आर्थिक रूपान्तरण गर्न सम्भव हुनेछ भन्ने मलाई विश्वास छ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मेरो सहभागिता कसैसँगको वैरभावका कारण थिएन । जेन-जी आन्दोलनले दिएको युगान्तकारी सन्देशप्रतिको सम्मान, परिवर्तनको जनआकांक्षाप्रतिको ऐक्यबद्धता र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट प्रतिबद्धताका साथ म विशेष महाधिवेशनमा सहभागी भएको थिएँ ।

पार्टीमा युवा नेतृत्वलाई स्थापित गर्दै जनअपेक्षाअनुसारको नेपाली कांग्रेस निर्माण गर्नुपर्छ भन्ने सोचका साथ मैले विशेष महाधिवेशनलाई सफल बनाउन आफूलाई पूर्ण रूपमा समर्पित गरेको थिएँ । 

नेपाललाई अब आर्थिक रूपान्तरणमा थप ढिलाइ गर्नु हुँदैन । हामीले राजनीतिक परिवर्तनका अनेक चरण पार गरिसकेका छौँ, तर आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुरूप हुन सकेको छैन । यही यथार्थलाई आत्मसात् गर्दै म नेपाली कांग्रेसका सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको छु ।
 
नेपाली कांग्रेसको नेतृत्वमा २०४८ देखि २०५१ सालसम्म अघि बढाइएको आर्थिक सुधार नेपालको अर्थतन्त्रका लागि ऐतिहासिक र दूरगामी महत्त्वको थियो । उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारमार्फत अघि बढाइएको त्यस यात्राले नेपालको अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खोल्यो। त्यतिबेला सरकारकातर्फबाट महेश आचार्य र डा। रामशरण महतले आर्थिक सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतले मैले निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई सस्थागत गर्न गहन भूमिका निर्वाह गरेको थिएँ । तर, समयसँगै ती सुधारलाई थप गहिरो, व्यापक र प्रभावकारी बनाउँदै अर्को चरणमा लैजान नसक्दा नेपालले आर्थिक विकासको दौडमा अपेक्षित गति लिन सकेन ।
 
बीपी कोइरालाको दूरगामी राजनीतिक सोंच र सुवर्ण शमसेर जबराले हालेको आर्थिक विकासको जगलाई समृद्ध बनाउनु अहिलेको आवश्यकता हो । यसका लागि उहाहरुको सपनालाई साकार तुल्याउन म हरसम्भव कोसिश गर्नेछु ।
 
विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्छ । मेरो दृढ मान्यता छ—देशको विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो, संस्थागत र निरन्तर सहकार्य अपरिहार्य छ । राजनीति र अर्थतन्त्रलाई अलग–अलग क्षेत्रका रूपमा होइन, एउटै राष्ट्रिय विकास यात्राका परिपूरकका रूपमा बुझ्नुपर्छ ।
 
हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ । युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्ने समय यही हो । यही सोच, यही विश्वास र यसलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढ प्रतिबद्धताका साथ मैले नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको छु ।

यो उम्मेदवारी केवल एउटा पदका लागि होइन

आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो ।

अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रूपान्तरण गर्न सकिदैँन । यसका लागि आर्थिक समुन्नतीका स्पष्ट योजनामा काम गर्नु आवस्यक छ । आर्थिक समुन्नतीको  जिम्मेवारी सम्हाल्न म तयार छु ।  

यस अभियानमा यहाँहरूको अमूल्य साथ, सहयोग, सुझाव र मतका लागि हार्दिक अनुरोध गर्दछु। यहाँहरूको विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखेर नेपाली कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

(चौधरीले नेपाली कांग्रेशको उपसभापतिमा उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विचार)

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : १९ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा