रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता « Khabarhub

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन कार्यालय पुगेर उनले सहमहामन्त्रीको खुला समूहबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य भइसकेका नेता खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

पार्टीको सांगठनिक सुदृढीकरण र युवा ऊर्जालाई नेतृत्वमा जोड्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन्। १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदका लागि खतिवडासहित अन्य आकांक्षी नेताहरूले पनि मनोनयन दर्ता गराएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३० बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’