रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता « Khabarhub

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन कार्यालय पुगेर उनले सहमहामन्त्रीको खुला समूहबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य भइसकेका नेता खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

पार्टीको सांगठनिक सुदृढीकरण र युवा ऊर्जालाई नेतृत्वमा जोड्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन्। १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदका लागि खतिवडासहित अन्य आकांक्षी नेताहरूले पनि मनोनयन दर्ता गराएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४