‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’  « Khabarhub

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चीनसँग नियमित छलफल भइरहेको बताएका छन्।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको मंगलबार बसेको बैठकमा मन्त्री लम्सालले दुवै नाका सञ्चालनमा ल्याउन सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिए।

उनका अनुसार तातोपानी नाकातर्फ नेपालमा कुनै समस्या छैन। नेपालतर्फको सडकसमेत सञ्चालनमा ल्याइसकिएको उनले बताए। तर, चिनियाँ पक्ष भने तत्काल नाका सञ्चालन गर्न तयार नदेखिएको उनको भनाइ छ।

‘अहिले पनि हामी तयार नै छौँ। हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन। चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ,’ मन्त्री लम्सालले भने।

रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले त्यसलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको पनि उनले जानकारी दिए।

ठूलो प्राकृतिक विपद्का कारण तत्कालै दुवै नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भए पनि सरकारले सडक तथा अन्य आवश्यक पूर्वाधार निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री लम्सालले बताए।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४