काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन कार्यालय पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसअघि नै उपसभापतिमा उठ्ने घोषणा गरेका डा. भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन् ।
उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समयअनुकूल विचार बोकेको जीवन्त पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेकाले अब वर्तमान पुस्ताले पार्टी र मुलुकको सुन्दर भविष्य निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
यसअघि १४ औँ महाधिवेशनमा पनि डा. भण्डारी उपसभापति पदका उम्मेदवार थिए। गुल्मीबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका उनले सांगठनिक सुदृढीकरण र विचारको राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।














प्रतिक्रिया