चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता « Khabarhub

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन कार्यालय पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

यसअघि नै उपसभापतिमा उठ्ने घोषणा गरेका डा. भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन् ।

उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समयअनुकूल विचार बोकेको जीवन्त पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेकाले अब वर्तमान पुस्ताले पार्टी र मुलुकको सुन्दर भविष्य निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

यसअघि १४ औँ महाधिवेशनमा पनि डा. भण्डारी उपसभापति पदका उम्मेदवार थिए। गुल्मीबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका उनले सांगठनिक सुदृढीकरण र विचारको राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३८ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै