म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा « Khabarhub

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स अफ जापान’ नामक फुड फेस्टिभल आयोजना गरेको छ । 

५ देखि सुरु भएको यो फुड फेस्टिभल १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ ।

‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने मुख्य अवधारणासहित फेस्टिभल सुरु गरिएको एडामामेमा जापानी संस्कृति तथा परिकारको अनुभव यात्रा जस्तै गरी लिन सकिने व्यवस्था गरिएको छ । 

कम्पनीका अनुसार पाहुनाहरूले उत्तरमा रहेको होक्काइडोदेखि दक्षिणको क्युसुसम्मको नक्सा यात्राका दौरान विभिन्न क्षेत्रका मौलिक स्वादहरूको अनुभव गर्न सक्नेछन् । यस क्रममा टोकियो, योकोहामा, नागोया, क्योटो, ओसाका, कागावा, हिरोसिमा, हाकाता, फुकुओका, ओइता र नागासाकीलगायत चर्चित ठाउँहरूका स्थानीय परिकारको मज्जा लिन सकिनेछ ।

परम्परागत भोजनमा मात्र सीमित नरहेर ‘द एसेन्स अफ जापान’ ले खानालाई जापानको जीवन्त संस्कृतिसँग जोड्दै कथात्मक अनुभव पनि प्रदान गर्नेछ । यसअन्तर्गत ह्यान्ड-रोल सुसी स्टेसन, जापानबाट आयात गरिएको प्रिमियम साकेसँग सर्भ गरिने ताजा सासिमी, विशेष रूपमा तयार गरिएका हाईबल्स तथा परम्परागत माचा डेजर्टको स्वाद लिन सकिने छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ५५ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा