म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा « Khabarhub

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स अफ जापान’ नामक फुड फेस्टिभल आयोजना गरेको छ । 

५ देखि सुरु भएको यो फुड फेस्टिभल १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ ।

‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने मुख्य अवधारणासहित फेस्टिभल सुरु गरिएको एडामामेमा जापानी संस्कृति तथा परिकारको अनुभव यात्रा जस्तै गरी लिन सकिने व्यवस्था गरिएको छ । 

कम्पनीका अनुसार पाहुनाहरूले उत्तरमा रहेको होक्काइडोदेखि दक्षिणको क्युसुसम्मको नक्सा यात्राका दौरान विभिन्न क्षेत्रका मौलिक स्वादहरूको अनुभव गर्न सक्नेछन् । यस क्रममा टोकियो, योकोहामा, नागोया, क्योटो, ओसाका, कागावा, हिरोसिमा, हाकाता, फुकुओका, ओइता र नागासाकीलगायत चर्चित ठाउँहरूका स्थानीय परिकारको मज्जा लिन सकिनेछ ।

परम्परागत भोजनमा मात्र सीमित नरहेर ‘द एसेन्स अफ जापान’ ले खानालाई जापानको जीवन्त संस्कृतिसँग जोड्दै कथात्मक अनुभव पनि प्रदान गर्नेछ । यसअन्तर्गत ह्यान्ड-रोल सुसी स्टेसन, जापानबाट आयात गरिएको प्रिमियम साकेसँग सर्भ गरिने ताजा सासिमी, विशेष रूपमा तयार गरिएका हाईबल्स तथा परम्परागत माचा डेजर्टको स्वाद लिन सकिने छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ५५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच