रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक « Khabarhub

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र ‘टाइगर’ मुथुवेल पाण्डियनको भूमिकामा फर्किएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘जेलर-२’को ट्रेलर सार्वजनिक भएसँगै फिल्ममा रजनीकान्तको पात्रले भोग्ने नयाँ संकट र भव्य एक्सनको झलक देखाइएको छ।

ट्रेलरमा मुथुवेल पाण्डियनलाई एकातिर सामान्य जीवन बिताइरहेका व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतिर उनको विगत आपराधिक संसारसँग जोडिएको देखिन्छ । बाहिरबाट हेर्दा शान्त जीवन बिताइरहेका उनी फेरि त्यही अँध्यारो संसारमा फर्किनुपर्ने अवस्था कसरी आउँछ भन्ने विषय फिल्मको मुख्य आकर्षण बन्ने संकेत गरिएको छ ।

विशेषगरी मुथुवेलको विगत र वर्तमानबीचको द्वन्द्व तथा शक्तिशाली आपराधिक सञ्जालसँगको उनको भिडन्तलाई ट्रेलरले प्राथमिकता दिएको छ । ट्रेलरभरि देखाइएका एक्सन दृश्यले ‘जेलर २’ पहिलो भागभन्दा अझ ठूलो र भव्य बनाउने प्रयास गरिएको संकेत गर्छ ।

सन् २०२३ मा रिलिज भएको ‘जेलर’ले बक्स अफिसमा उल्लेखनीय सफलता पाएपछि यसको दोस्रो भागको प्रतीक्षा लामो समयदेखि भइरहेको थियो । पहिलो भागमा रजनीकान्तको ‘टाइगर’ अवतारले दर्शकको ठूलो साथ पाएपछि सिक्वेलमा उनको पात्रलाई अझ ठूलो चुनौतीबीच उतारिएको देखिन्छ ।

नेल्सन दिलीपकुमारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा रजनीकान्तसँगै मोहनलाल, शिवराजकुमार, एसजे सूर्याह, विद्या बालन र मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय छ । कलाकारको यो बलियो टोलीसँगै फिल्ममा एक्सन र अपराधको कथा जोडिएकाले ‘जेलर-२’लाई ठूलो स्केलको मनोरञ्जनात्मक फिल्मका रूपमा हेरिएको छ ।

अब सबैभन्दा चासोको विषय भनेको सामान्य जीवनमा फर्किसकेका मुथुवेललाई उनको विगतले फेरि कहाँ पुर्‍याउँछ भन्ने हो । यसको जवाफ दर्शकले अक्टोबर १५ अर्थात् असोज २९ गतेदेखि विश्वभर प्रदर्शनमा आउने ‘जेलर-२’मा पाउनेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : २८ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले