कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो।

यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोर सिंह राठोरले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ। कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ४८ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन