कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो।

यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोर सिंह राठोरले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ। कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ४८ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत