कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न  « Khabarhub

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा रहेकी पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी :

नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेर के गर्ने योजना छन् ?

नेपाली कांग्रेसप्रतिको घट्दै गएको जनविश्वासले नेपाली कांग्रेस खुम्चिएको अवस्था छ । अब आउने दिनमा हामीजस्ता युवाहरू नेतृत्वमा आएर घट्दै गएको जनविश्वास बढाउनुपर्छ । नेपाली कांग्रेस पनि जनतामुखी पार्टी हो, शक्तिमुखी होइन, कांग्रेसले जनताको लागि गर्छ है भनेर देखाउनु पर्छ । 

मेरो मुख्य एजेन्डा युवा र महिलाको रूपमा काम गर्नेछु । युवाको लागि मेरो उमेरको सम्पूर्णको लागि म आवाज खडा गर्नेछु । नेपालमा रोजगारीको अवसर सिर्जना होस् भन्ने मेरो चाहना हो।

महिलाको क्षेत्रमा मेरो मात्र क्षेत्रको महिला र काठमाडौँको मात्र महिलाले आफ्नो अधिकार बुझेर हुँदैन, इन्डिपेन्डेन्ट भएर हुँदैन । म फेमिनिस्ट हुँदै गर्दाखेरि पहिले कर्णालीदेखि लिएर कोशी प्रदेशसम्मको सबै महिलालाई समेट्न सकौँ, उनीहरूलाई आफ्नो राइट्स बुझाउन सकौँ र इन्डिपेन्डेन्ट बन्न सकुस् भन्ने मेरो यो उद्देश्य हो ।

अनि के गर्दै हुनुहुन्छ अहिले ?

अहिले पद्म कन्या क्याम्पसमा ब्याचलर पढेको छु।

 जित्छु भन्ने लागि राखेको छ ?

पक्कै पनि, कोही पनि हारुन् भनेर त उठ्दै उठ्दैन हैन ? जित्ने चाहिँ हजुरहरूको साथ, माया, विश्वास भरोसा चाहिएको छ । मैले नेपाली कांग्रेसमा आस्था राखेर आएको छु, नेपाली कांग्रेसको लागि आफ्नो जोस समर्पण गरिसकेको छु । मलाई निराश हुन नदिनुहोला, सम्पूर्णले मलाई साथ दिनुहोला, सहयोग गर्नुहोला भनेर भन्छु ।

अहिले नेपाली कांग्रेसको संगठन भद्दा भयो भन्छन् तपाईँले कसरी हेर्नुभएको छ ?

सबैलाई समेटेर जानुपर्छ ? नेपाली कांग्रेस एउटा समावेसी पार्टी हुँदै गर्दाखेरि यो सागत विज्ञ युवा, प्रधान सेनानी हैन, अनि महिला, दलित सम्पूर्णलाई समेट्नुपर्ने क्रममा सबैलाई समेट्ने होस्, नेपालको पूर्वदेखि पश्चिमसम्म, सबैको उम्मेदवार, सबैको समावेशी होस्, आवाज होस् भनेर हामीले यति क्लस्टर लिएर आएको हो । यति क्लस्टर, यदि युवा क्लस्टर आउँदैनथ्यो भने म पनि आउँदिन थिएँ होला, त्यही भएर म यसको लागि कृतज्ञ छु । अब हामी काम गर्न चाहन्छौँ, त्यही भएर संख्या धेरै भएको छैन, ठीक छ ।

देउवाजीले चाहिँ अर्को महाधिवेशनको तयारी थाल्नुभएको छ ? अब पार्टी कसरी अगाडि बढ्छ ?

अब हामी मिल्नुको विकल्प छैन । शेरबहादुर देउवाजीसँग मेरो केही पनि आपत्ती छैन, केही पनि छैन । अब शेरबहादुर देउवाको मार्गदर्शनभन्दा पनि हामी मिलेर जानुपर्छ, हामी एक हौं, नेपाली कांग्रेस सदैव एक नै हुनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ५३ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा