काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार बेलुका ७ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयभित्र वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसालबाहेक अन्य कसैको उमेदवारी नपरेपछि दुवै जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
विश्वप्रकाश विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए भने भुसाल कांग्रेसको विशेष महाधिवेशनबाट नै उपसभापति निर्वाचित भएकी थिइन्।














प्रतिक्रिया