कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी « Khabarhub

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

राजधानीमा जारी महाधिवेशनमा मंगलबार साढे सात बजेसम्म गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

थापा पार्टीका वर्तमान सभापति हुन् । गत पुस महिनामा आयोजित विशेष महाधिवेनबाट उनी सभापतिमा निर्वाचित भएका थिए । यसअघि उनी १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए ।

राठौर भने १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने राठौर आजमात्रै बर्दियाबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

त्यस्तै, खड्गी भने कांग्रेसका युवा नेता हुन् ।

सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर

वरिष्ठ उपसभापतिमा
विश्व प्रकाश शर्मा

उपसभापति महिला
पुष्पा भुसाल

उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव

समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण

खुल्ला महामन्त्री
प्रदिप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय

महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल

सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एक जना, खुल्ला सभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ४० बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध