आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा « Khabarhub

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको छ ।

सङ्घले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा देखिन सक्ने लेक लाग्ने, पखाला, ज्वरोलगायत अन्य स्वास्थ्य समस्याबारे जानकारी लिन तथा उपचार सेवा प्रदान गर्न चिकित्सकको टोली परिचालन गरिएको जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले मनाङ र सोलुखुम्बुको फेरिचेमा रहेका स्वास्थ्यचौकीमा स्वदेशी तथा विदेशी स्वयम्सेवी चिकित्सक तथा कर्मचारीको टोली पठाइएको जानकारी दिए।

मनाङ स्वास्थ्यचौकीमा अष्ट्रेलियाका डा रोबर्ट जेम्स एडवार्ड डिक्सन र बेलायतकी डा भिक्टोरिया जेन रोबर्टसनसहित सहयोगी कर्मचारी परिचालन गरिएको छ । यस्तै, फेरिचे स्वास्थ्यचौकीमा बेलायतकी डा मेरी एबरक्रम्बी र अष्ट्रेलियाकी डा म्याथ्यु एलेक्स म्याकअल्पाइन सहितको टोली खटिएको छ ।

मनाङ र फेरिचे स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने छ । स्वास्थ्यचौकी सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, स्वास्थ्य तथा स्वास्थ्य सेवा विभाग, श्रम विभाग, अध्यागमन विभाग, नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मनाङको निस्याङ गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाबाट समन्वय तथा सहयोग प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए ।

उनका अनुसार उक्त सेवा नोभेम्बरको अन्तिमसम्म सञ्चालन हुनेछ । सो अवधिमा स्वयंसेवी चिकित्सक तथा सहयोगी कर्मचारीसहितको टोली हिमाली क्षेत्रमा परिचालित रहनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ४५ बजे

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री

झापामा जङ्गली हात्तीको आतंक, बाली भित्र्याएपछि पनि भकारी जोगाउने चिन्ता

झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु– जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि