आज २०८३ साल कात्तिक २० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २० गते शुक्रबारको राशिफल


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २० गते शुक्रबार सन् २०२६ नोभेम्बर ६ तारिख। कार्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत (धनतेरस), प्रदोष व्रत र यमदीपदान आरम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुको सम्मान गर्दा फाइदा हुने देखिन्छ।

वृष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी काम गरेमा फाइदा हुनेछ ।

सिंह : दिन समान्य राम्रो छ । डुब्न लागेको धन उठ्ने योग छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : तपाईंका लागि आजको दिन सामान्य छ । अरुसँग विश्वास गर्नुभन्दा आफ्नो काममा जिम्मेवार बन्नुपर्ने समय छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । आफ्नै साथीबाट आलोचनाको सामना गर्नुपर्ने दिन छ ।

धनु : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

मकर : आज पुराना साथीसँग भेट हुनेछ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग व्यावसायीक कारोबार नगर्नु राम्रो हुन्छ ।

कुम्भ : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । घाटाको व्यापारमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँगको कारोबार डुब्ने जोखिम छ ।

मीन : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने छ । घुम्न पाउँदा मन प्रशन्न बन्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : ४८ बजे

रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका

२३ वर्षको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो, पोर्चुगलको जर्सी अब नयाँ पुस्ताको हातमा

काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको

धनतेरससँगै तिहारको रौनक सुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा–  समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको