हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ४८ बजे

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

भोजपुर– पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला

यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ– एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला