काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व तहमा मतभेद देखिएको संकेत गर्दै देश र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयबारे पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन्।
लामिछानेले सरकारले आईजीपी परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए। पार्टीले सरकारका सबै निर्णयमा समर्थन नगर्ने र आवश्यक परे फरक धारणा राख्ने उनको भनाइ थियो।
यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलसहितका नेताले पनि आईजीपी परिवर्तनको निर्णय पार्टीसँगको छलफलबाट नभएको बताएका थिए।
त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देश जोगाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरेका छन्।
‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’, उनले फेसबुकमा लेखेका छन्।














प्रतिक्रिया