कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै  « Khabarhub

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै 


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । 

यही नोभेम्बर ९ देखि २० तारिख सम्म टर्किमा आयोजना हुन लागेको कोप ३१ को सम्मेलनमा नेपालको तर्फबाट क्रिएसन नेपालले जिरो वेस्टको शिर्षकमा प्यानल छलफल सन्चालन गर्न लागिएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन । 

क्रिएसनले ११ नोभेम्बरमा साइडलाइन डिस्कसन गर्न लागिएको उनले बताइन । उक्त छलफलमा तर्फबाट विज्ञहरुले भाग लिने उनले जानकारी गराइन । 

कोप ३१ ले तय गरेका विभिन्न एजेन्डाहरु मध्ये जिरो वेस्टलाई प्राथमिकताको दोश्रो स्थानमा राखेर फोहोरमैलाले जलवायु परिवर्तनमा पार्ने असरको बिषयलाई जोड दिएका छन । 

नेपालको पेभेविलयनमा हुने छलफलमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व रहने छ भने फोहोरमैला सफाईकर्मी एलायन्सका प्रतिनिधि, साकेप लगायतका अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि साथै, चक्रीय अर्थतन्त्र तथा फोहोरमैला व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञ तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहनेछ । उक्त संवादलाई क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन । 

छलफलमा विशेषगरी शून्य फोहोर र दिगो फोहोर व्यवस्थापनलाई विभिन्न देशका थानीय अभ्यास र नीतिगत अनुभवलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । 

सामुदायिक फोहोरमैला व्यवस्थापन, स्रोतमा फोहोर वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोर प्रशोधन, पुनर्चक्रण, चक्रीय अर्थतन्त्र र हरित उद्यमशीलताका विषयमा अन्तर्राष्ट्रिय संवाद गर्नेछ । 
यसपटक नेपालले आफ्नै राष्ट्रिय पेभिलियन मार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास तथा फोहोर व्यवस्थापनजस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल र संवाद सञ्चालन गर्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि हो ।

क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसन नेपालको लागि यो सुनौलो अवसर भएको भन्दै विश्वमञ्चमा जिरो वेस्टको बारेमा छलफल गर्नु ठुलो उपलब्धी भएको बताए । 

कोपको इतिहासमा पहिलो पटक नेपालले  आफनै पेभेलियनमा छलफल गर्ने अवसर प्राप्त गरेको छ । 

उक्त पेभेलियनमा नेपाले जलवायु परिवर्तनका विभिन्न शिर्षकमा छलफल गर्नेछन ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १२ : ०९ बजे

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र

इरानमाथि सैन्य कारबाही फेरि सुरु गर्नेबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही फेरि

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा– बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन

भाइटीकाको तयारीमा बालगोपालेश्वर मन्दिर, रङरोगन गरिदैँ (तस्बिरहरु)

काठमाडौं– नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित

नेपाली मैदानमा उत्रिए मिलर, खेलअघि यसरी गरे वार्म–अप (तस्बिरहरु)

काठमाडौंँ- नेपाल प्रिमियर लिग खेल्न आइपुगेका दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर