प्रजिअ नहुँदा दैलेखको प्रशासनिक काम प्रभावित, कर्मचारीले पाएनन् तलब « Khabarhub

प्रजिअ नहुँदा दैलेखको प्रशासनिक काम प्रभावित, कर्मचारीले पाएनन् तलब


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा झन्डै एक महिनादेखि जिल्ला प्रशासन कार्यालयका कामकाज प्रभावित भएका छन् । दसैँ सकिएर तिहार नजिकिँदासमेत नयाँ प्रजिअ नआएपछि सेवाग्राहीका दैनिक कामदेखि आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत समस्या देखिएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय हाल सहायक प्रमुख जिल्ला अधिकारीको भरमा सञ्चालन भइरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार प्रजिअ नहुँदा आर्थिक कारोबार र ठूला मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम प्रभावित भएको छ । आफूलाई त्यस्ता काम गर्ने अधिकार नभएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्ला प्रशासन कार्यालयका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् भने जीवन निर्वाह भत्ता पाउने ३० जनाको भुक्तानीसमेत रोकिएको छ ।

त्यस्तै, कानुनी प्रक्रियाअनुसार धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति तथा विपद् प्रभावितले पाउने राहत रकम वितरणसमेत रोकिएको लेखापाल रूपाखेतीले जानकारी दिए ।

भौगोलिक रूपमा संवेदनशील मानिने दैलेखमा कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्गको आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि पनि प्रशासनिक नेतृत्व आवश्यक छ । तर, लामो समयदेखि प्रमुख जिल्ला अधिकारी नहुँदा शान्ति सुरक्षा र प्रशासनिक समन्वयमा समेत चुनौती थपिएको छ ।

उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जनताका दैनिक काम प्रभावित भइरहेकाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १२ : १६ बजे

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र

इरानमाथि सैन्य कारबाही फेरि सुरु गर्नेबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही फेरि

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा– बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन

भाइटीकाको तयारीमा बालगोपालेश्वर मन्दिर, रङरोगन गरिदैँ (तस्बिरहरु)

काठमाडौं– नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित

नेपाली मैदानमा उत्रिए मिलर, खेलअघि यसरी गरे वार्म–अप (तस्बिरहरु)

काठमाडौंँ- नेपाल प्रिमियर लिग खेल्न आइपुगेका दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर