चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण « Khabarhub

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुम्बासी र १२ अव्यवस्थित परिवार छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो । 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ ।  

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : ३९ बजे

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई

आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र

‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको