नेपालमा ‘रामायण’को आक्रामक ओपनिङ, पहिलो दिनमै ५० हजार दर्शक, कमाइ कति ? « Khabarhub

नेपालमा ‘रामायण’को आक्रामक ओपनिङ, पहिलो दिनमै ५० हजार दर्शक, कमाइ कति ?


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको बिदा र बहुप्रतीक्षित फिल्मको आकर्षणले नेपाली सिनेमा हलमा दर्शकको चहलपहल बढाएको छ ।

यसको प्रत्यक्ष फाइदा बलिउड फिल्म ‘रामायण’लाई मिलेको छ । विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले नेपालमा पहिलो दिनमै दुई करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै आक्रामक सुरुआत गरेको छ ।

कात्तिक १९ गते बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म पहिलो दिन ५० हजारभन्दा बढी दर्शकले हेरेका छन्। अग्रिम टिकट बिक्री खुला भएसँगै दर्शकको आकर्षण देखिएको थियो । प्रदर्शनपछि पनि हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएपछि फिल्मले सुरुआतमै राम्रो व्यापार गर्न सफल भएको हो ।

पहिलो दिनको कमाइ उत्साहजनक भएपछि शुक्रबार पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । उपलब्ध शो संख्या र दर्शकको अकुपेन्सीलाई हेर्दा दोस्रो दिनको कमाइ पनि पहिलो दिनकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ । तिहारको बिदा र फिल्मप्रतिको बढ्दो चासोले यसको व्यापारलाई थप बल पुर्‍याउने देखिन्छ ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।

पौराणिक कथालाई भव्य स्वरूपमा पर्दामा उतारिएको यस फिल्ममा चर्चित कलाकारहरूको उपस्थितिले पनि दर्शकमाझ उत्सुकता बढाएको छ ।

नेपालमा पहिलो दिन पाएको दर्शकको साथले फिल्मको आगामी व्यापारप्रति अपेक्षा बढाएको छ। अब तिहारको बाँकी बिदामा ‘रामायण’ले नेपाली बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : ३६ बजे

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई

आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र

‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको