सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध « Khabarhub

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । 

उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् । 

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : ४१ बजे

बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र

कर्णालीले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत,

विजय र अञ्जनाको भावुक अवतारमा ‘सिन्दुरे जात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौं– ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको जोडी विजय बराल र

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई