भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री « Khabarhub

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष सतिको बैठकमा मन्त्री वाग्लेले राहत, पुनर्निर्माण र पुनरुत्थानका प्रयाप्त बजेटको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले भोटेकोसी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको तत्काल क्षति देखिएको र पुनर्निर्माण गर्दा ४ दशमलव ७ बिलियन डलर जति आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए । कुल जीडीपीको १० प्रतिशत आकारको क्षति हुनु ठूलो संकट भएपनि तत्कालका लागि सरकारकै बजेटभित्रबाट राहत र पुनर्उत्थानका कामहरू भइरहेको उनले बताए ।

अर्थमन्त्री वाग्लेले यसपटक २१ सय २४ अर्बको बजेटको सीमा नाघ्न गाह्रो भए तापनि, अहिलेकै विनियोजनबाट ठेक्का प्रक्रिया अगाडि बढाएर आगामी वर्षको बजेटमा पुनर्निर्माणको अंश थपेर आकार बढाउन सकिने व्यावहारिक पक्षमा छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी बाढीमा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने सन्दर्भमा अन्तिम चरणको काम भइरहेको जानकारी दिए । बाढीका कारण प्रभावित संकटग्रस्त घोषणा भएका पालिकाहरूमा पैसा पठाइसकिएको भन्दै उहाले खर्च गरेर थप बजेट माग गर्नेबित्तिकै प्रधानमन्त्री तर्फको कोषबाट तुरुन्तै पैसा पठाउने व्यवस्था गरिएको बताए ।

बैठकमा समिति सदस्यहरुले प्रभावित नागरिकको भावना अनुरुप बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा केन्द्रीत हुन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : १२ बजे

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान

टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान

काठमाडौं– नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु

संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द

काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले

पोखराले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल पोखरा

डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं–  बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला