तहारभर काभ्रेपलाञ्चोकका सडकमा टिपर चलाउन रोक « Khabarhub

तहारभर काभ्रेपलाञ्चोकका सडकमा टिपर चलाउन रोक


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो । 

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुन सक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ । 

निर्णय अनुसार  कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म विगतमा झैँ जिल्ला भित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको व्यहोरासहित सम्बन्धित सबैलाई उक्त अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : ४४ बजे

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक

जितेन्द्र श्रेष्ठको ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडितलाई दिइने

काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका