कर्णालीले गुमायो छैठौँ विकेट « Khabarhub

कर्णालीले गुमायो छैठौँ विकेट


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले सुदूरपश्चिमले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा कर्णालीले छैठौँ विकेट गुमाएको छ । खेलको १५ ओभर ४ बलमा कर्णालीका कप्तान सोमपाल कामी आउट भए । अविनाश बोहराको बलमा उनी ब्रान्डन म्याकमुलनको हातबाट क्याच आउट भए ।

आउट हुनुअघि उनले १७ बलमा आठ रन बनाए ।

यसअघि टस जितेर कर्णालीले पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर शैफ जैबले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए ।

त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए ।

तीन खेलमा दुई जित र एक हारको सामना गरेको कर्णाली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यता चार खेलमा दुई हार र दुई जित निकालेको सुदुरपश्चिम समान चार अंक भए पनि रनरेटका आधारमा तालिकाको छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : ५२ बजे

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक

जितेन्द्र श्रेष्ठको ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडितलाई दिइने

काठमाडाैँ – रोजगारी तथा अवसरका लागि विदेशमा रहेका नेपालीले चाडपर्वका