कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु) « Khabarhub

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ । घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म पुर्‍याउन झनै भ्याइनभ्याइ छ ।

तीन वर्ष पहिलेसम्म गोलभेडा, बन्दा र काउली फल्ने खेतमा यतिबेला कमलाले सयपत्री फुलाएकी छन् । तरकारी खेती गर्दा बजार नपाउने समस्या थियो । 

ढोकोमा बाकेर बजार बजार पुग्नु पर्ने बाध्यता थियो । ग्राहकले भनेअनुसारको मूल्यमा दिनुपर्थ्यो । उब्जाउदेखि बिकाउनसम्म समस्या हुने भएपछि थापाले फूल खेती गर्ने निधो गरिन् । तरकारी फलाउने बारीभर उनले २०८१ मा सयपत्री लगाइन् । त्यतिबेला उनलाई लागेको थियो– फूल खेतीबाट के हुने हो ? नाफा हुन्छ कि घाटा ? दोधारबीच थालेको खेती अहिले फस्टाउँदा उनको खुसीको सीमा छैन ।

फूलको माग पनि बढेको छ । एउटा टनेलबाट सुरू गरेको खेती अहिले चार वटामा विस्तार भएको छ । उनले पाँच हजार रुपैयाँमा बिउ किनेर खेती थालेकी थिइन् ।

अहिले लगानीसमेत बढाएर करिब तीन लाख पुर्‍याएकी छन् । उनको फूल फर्म बागलुङ कालिका मन्दिर नजिकै रहेको हुँदा मन्दिरमा जाने भक्तजनले पनि लैजान्छन् ।  

थापाले मौसमी तथा बेमौसी रुपमा फूल उत्पादन गर्दै आएकी छिन् । बेमौसमा बूढी मूल्य पर्ने उनको भनाइ छ । बेसिजनमा प्रति किलो ४ सयदेखि ६ सय रुपैयाँसम्म पर्ने गरेको थापाले बताइन् । तिहारको बेला जताजतै फूलफूल्ने हुँदा मूल्य कम पर्ने उनको भनाइ छ । तरकारी खेतीभन्दा फूल खेती गर्न सजिलो हुने उनको अनुभव छ । 

‘दुःख गरेर तरकारी फलायो । भनेको समयमा बिक्री नहुने ! ढोकोमा बोकेर बजार बजार पुग्नुपर्ने । तर भनेको अनुसारको मूल्य नपर्ने समस्या थियो,’ थापाले भनिन्, ‘तरकारी खेती गर्दा धेरै मल चाहिने, विषादी चाहिने हुन्थ्यो । मिहिनेत पनि धेरै नै हुन्थ्यो तर फूल खेतीमा त्यति धेरै दुःख हुँदैन । माग पनि राम्रो छ ।’

थापाले यस वर्ष २० हजार रुपैयाँको बिउ लगाएकी थिइन् । टनेलभित्र एकै प्रकारका फूल लगाउँदा लामो समयसम्म राम्रो नफूल्ने भन्दै टनेल फेरेर खेती गर्नुपर्ने उनको अनुभव छ । बेसिजनमा फूलको मागअनुसार पूर्ति गर्न नसकेको थापाले बताइन् । थापाले फूल बिक्री गरेरै वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन् ।

फूल खेतीबाट थापाको चार जनाको परिवारलाई जीविका चलाउन सहज भएको छ । उनका श्रीमान पनि बागलुङ जिल्ला अदालतमा जागिरे छन् । खेती विस्तार गर्ने चाहना हुँदाहुँदै पनि जग्गा अभावका कारण सीमित ठाउँमा मात्रै काम गरिरहेको उनले सुनाइन् । ‘अहिले दाइ र मेरो जग्गामा फूल खेती गर्दै आएको छु । ठाउँ सानो छ । जग्गा हुन्थ्यो भने ठूलो क्षेत्रफलमा फूल लगाउन मन थियो,’ उनले आफ्नो इच्छा सुनाइन् ।

सरकारले आफूजस्ता किसानलाई अनुदान, तालिम र प्राविधिक सहयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारबाट सहयोग पाएमा खेती विस्तार गर्नसक्ने र दुई/चार जनालाई रोजगारी दिनसक्ने उनले बताइन् ।  

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : ४४ बजे

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

भद्रपुर– सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना