ममता हत्याकाण्डमा नरेशको बयान : शव व्यवस्थापन गरेको स्वीकार « Khabarhub

ममता हत्याकाण्डमा नरेशको बयान : शव व्यवस्थापन गरेको स्वीकार


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणका आरोपी पति नरेश भट्टले अदालतमा सनसनीपूर्ण बयान दिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि बेपत्ता रहेकी ममताको शव अहिलेसम्म फेला परेको छैन ।

नरेशमाथि हत्या गरी शव टुक्रा-टुक्रा पारेर नष्ट गरेको अभियोगमा मुद्दा चलिरहेको छ । अदालतमा जारी सुनुवाइको क्रममा आफ्नो सफाइ पेस गर्दै नरेशले ममताले आत्महत्या गरेको दाबी गरेका छन् । उनले आत्महत्या गरी निधन भएकी ममताको शव व्यवस्थापन गरेको दाबी गरेका छन् ।

अदालतको इजलासमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई २९ को राति आफू अर्को कोठामा बच्चासँग सुतेको उल्लेख गरेका छन् । अर्को दिन अर्थात् जुलाई ३० को बिहान करिब ४ बजेतिर बच्चाको हेरचाहका लागि उठ्दा मुख्य शयनकक्षको बाथरुम जाने क्रममा ममता भुइँमा मृत अवस्थामा भेटिएको उनको दाबी छ ।

उनले ममताको शवको वान्ता गरेको अवस्थामा देखेको र नजिकै औषधिको बट्टा, चक्कीहरु र विषादिसमेत फेला परेको उल्लेख गरेका छन् । ममताले आत्महत्या गरेको देखेर आफू अत्यधिक डराएको र आतङ्कित भएको कारणले गर्दा नै आपत्कालीन सेवामा सम्पर्क गर्न नसकेको उनको स्पष्टीकरण छ । त्यसपछि उनलाई बाथरुममा लगेर पानी खन्याएर उठाउने प्रयास गर्दा पनि उनले कुनै प्रतिक्रिया नदिएको नरेशको भनाइ छ ।

घटनालगत्तै आफूले बच्चालाई बेबीसिटरको जिम्मा लगाएको र ममताको शव लुकाउने उपाय खोज्न होम डिपो गएको उनले बताएका छन् । त्यहाँ पञ्जाहरू किन किन्नुभएको भन्ने वकिलको प्रश्नमा आफूलाई केही थाहा नभएको उत्तर उनले दिएका छन् ।

त्यसपछिको घरभित्रै विद्युतीय आरा प्रयोग गरेर शवको टुक्रा टुक्रा पारी झोलामा हालेर फोहोर फ्याँक्ने भाँडोमा बिसर्जन गरेको नरेशले कबुल गरेका छन् ।

अभियोजन पक्षले अदालतमा पेस गरेका धेरैजसो सिसिटिभी फुटेजमा उनी पन्जा लगाएर विभिन्न डम्पिङ स्टेसनमा फोहोरका थैलाहरू फ्याँक्दै गरेको देखिएका छन् । तर अदालतमा उनले ती झोलाहरूमा ममताको शव नभई उनका व्यक्तिगत सामानहरू मात्र रहेको दाबी गरेका छन् ।

सुनुवाइका क्रममा अभियोजन पक्षका वकिल म्याथ्यू स्विटले नरेशलाई झूटो बोल्ने व्यक्तिको संज्ञा दिएका छन् । नरेशले पनि यस्तो आरोप स्वीकार गर्दै आफूले झूटो बोलेको उल्लेख गरेका छन् ।

अदालतमा नरेशले कुनै किसिमको भावना प्रदर्शन नगरी बयान दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । ममताका साथीहरूले भने नरेशको यो बयान पूर्ण रूपमा बनावटी र गत दुई वर्षदेखि तयार पारिएको नाटक मात्र भएको बताएका छन् ।

यसअघि प्रहरी र सञ्चारकर्मीहरूसँग ममता न्युयोर्क वा टेक्सस गएकी हुन सक्ने दाबी गर्दै आएका नरेशले अदालतमा भने बयान फेरेका हुन् । आफ्नो बचाउ गर्ने क्रममा नरेशले नेपालको कठिन बाल्यकाल र अमेरिकी सेनामा सेवा गर्दा भोगेका मानसिक स्वास्थ्य समस्याहरू तथा नराम्रो सपना देख्ने समस्याबारे पनि अदालतलाई जानकारी गराएका छन् । पछिल्लो समयमा ममतासँगको सम्बन्ध बिग्रिए तापनि आफूले कहिल्यै पनि कुटपिट वा हिंसा नगरेको उनले बताएका छन् ।

यसअघि अदालतमा पेस भएका प्रमाण र विशेषज्ञहरूको बयान अनुसार ममता र नरेशको मुख्य शयनकक्षको कार्पेटमा रहेको रगतको दाग रूपमा ममताकै भएको फरेन्सिक वैज्ञानिकहरूले पुष्टि गरेका छन् । बाथरुम र शयनकक्षमा रगतका टाटा मेट्नका लागि सरसफाइ गरिएको सङ्केतहरू भेटिएको फरेन्सिक विश्लेषक इरीस डालीस ग्राफले बताएकी छिन् ।

यसबाहेक ममताका भाइ महेश्वर काफ्लेले अदालतमा ममता बेपत्ता हुनुभन्दा केही महिना अगाडि नरेशले कुटपिट गरेर आँखा नै निलो बनाएको तस्बिर ममताले आफूलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् । साथै, प्रहरीले बरामद गरेको एउटा विद्युतीय आरामा समेत ममताको रगत र डीएनएको अंश भेटिएको वैज्ञानिकहरूले बताएका छन् ।

फर्स्ट डिग्री मर्डर, मृत शरीरको अवमूल्यन र शव लुकाएको अभियोग खेपिरहेका नरेश भट्टले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस प्रकरणमा अदालतमा थप बहस तथा कारबाहीहरू जारी छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : ५४ बजे

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना