काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पोखरालाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै चितवनले ५१ रन बनायो ।
चितवनका लागि सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । १६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, रवि बोपाराले २८ बलमा ३५ रन बनाए । यस क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, अर्जुन साउदले ३१ र डाविड मलानले २८ रन जोडे ।
बलिङतर्फ पोखराका कुशल भुर्तेल, विपिन खत्री र चमिका करुणारत्नेले समान दुई विकेट लिए ।














































प्रतिक्रिया