ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्न जापान र अमेरिका सहमत « Khabarhub

ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्न जापान र अमेरिका सहमत


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन् । ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले व्यापक आक्रोश पैदा गरेपछि यो निर्णय आएको हो ।

अमेरिकाको लगभग ५४ हजार सैन्य कर्मचारी जापानमा तैनाथ छन्, जसमध्ये अधिकांश ओकिनावामा छन् । यी सैनिकहरूबाट हुने अपराधहरू दुई नजिकका सुरक्षा साझेदारबीचको सम्बन्धमा सधैं काँडा बनेका छन्।

“हामी अझै जापान–अमेरिका वार्ता जारी राखिरहेका छौँ, तर हामी जापानी सरकारको संलग्नतामार्फत ओकिनावामा रहेका अमेरिकी सेनालाई शिक्षा दिने व्यवस्था सुधार गर्न सहमत भएका छौँ,” जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगीले पत्रकारहरूसँग भने ।

“व्यवहारिक रूपमा, नयाँ आइपुग्ने अमेरिकी सैन्य कर्मचारीलाई दिइने ओकिनावा अभिमुखीकरण निर्देशिकामा ओकिनावा प्रिफेक्चरका रायहरू समेटिनेछन्,” उनले भने । विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले ओकिनावामा रहेका अमेरिकी सैनिकहरूलाई समुदायसँगको सम्बन्ध र जापानको कानुनी प्रणालीबारे जानकारीमुलक कार्यक्रममा नियमबारे आफ्ना सैनिकलाई अवगत गराउने छन् ।

दुई देशले जापान–अमेरिका संयुक्त सडक गस्तीको आवृत्ति बढाउने र क्षेत्र विस्तार गर्ने सहमति पनि जनाएका छन् । जापानी अभियोजनकर्ताहरूले गत महिना एक अमेरिकी सैनिकलाई ३ अक्टोबरमा ओकिनावाको एक होटलमा ३९ वर्षीय जापानी महिलाको हत्या गरेको आरोपमा मुद्दा दायर गरेका थिए ।

यस घटनाले जापानमा व्यापक आक्रोश पैदा गरेको छ र दक्षिणी टापुमा अमेरिकी सैन्य उपस्थितिबारेको विवाद फेरि चर्काएको छ। अमेरिकी सेनालाई गत महिनाको सुरुमा दुई दिनसम्म रक्सी पिउन प्रतिबन्ध लगाइएको थियो र ३० दिनको कफ्र्यू लगाइएको थियो।

त्यसैगरी नशामा गाडी चलाएको आरोपमा एक अमेरिकी सेनालाई पक्राउ गरिएको रक्षा मन्त्री शिन्जिरो कोइजुमीले यसै साता जानकारी गराएका थिए । दोषी मानिएका केही अमेरिकी सैनिकहरूलाई लक्षित कफ्र्यू डिसेम्बर ७ सम्म लम्ब्याउने अमेरिकी अधिकारीहरूले शुक्रबार जानकारी गराएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ०७ बजे

नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ- निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर

बागलुङ– वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ– दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट