सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि « Khabarhub

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै सेकाहाले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यू स्टारले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको न्यू स्टारले खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ६०औँ मिनेटमा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टीमा सन्दीप श्रेष्ठले गोल गर्दै अन्तर घटाएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सेकाहा २–१ ले विजयी भयो । 

खेलका क्रममा खेलाडीबीच मैदानमै हात हालाहाल भएपछि दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए । त्यसपछि तनावपूर्ण बनेको खेलमा सेकाहाले अग्रता जोगाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सेकाहाकै गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक तथा न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।

अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोली सहभागी थिए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न तयार रहेको बताए  ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ३५ बजे

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले