पोखराले गुमायो चौथो विकेट « Khabarhub

पोखराले गुमायो चौथो विकेट


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउँदै पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा पोखराले चौथो विकेट गुमाएको छ । खेलको ११ ‌ओभर २ बलमा पोखराका मेहदी हसन आउट भए । कुशल मल्लको ड्यान मोस्लीको हातबाट क्याच आउट हुनुअघि उनले ८ बलमा ७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनायो ।

चितवनका लागि सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । १६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, रवि बोपाराले २८ बलमा ३५ रन बनाए । यस क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, अर्जुन साउदले ३१ र डाविड मलानले २८ रन जोडे ।

बलिङतर्फ पोखराका कुशल भुर्तेल, विपिन खत्री र चमिका करुणारत्नेले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ४७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा