दूध दुहुने ‘रियालिटी शो’ सुरु हुँदै « Khabarhub

दूध दुहुने ‘रियालिटी शो’ सुरु हुँदै


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमै पहिलो पटक पशुपालक किसानबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।

भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो।

कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए।

दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा चिनिन्छ। “पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्”, सुवेदीले भने, “ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो।”

पहिलो संस्करणको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई बृहत् बनाउँदै लैजाने योजना रहेको उनले सुनाए। नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र सङ्घर्षको कथा प्रस्तुतीकरण रोचक लाग्ने जनाइएको छ।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रसारण गर्ने तयारी छ।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताए। “कृषि कार्यक्रमहरू प्रायः एउटै फम्र्याटमा सीमित भइरहेका बेला विविधिकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो”, उनले भने, “किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ लगेर गरिने यो प्रतियोगितात्मक शोले किसानबीच समन्वयको भूमिका समेत खेल्नेछ।”

खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ। कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा यज्ञराज पाण्डे रहेका छन्।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : १९ बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर