राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने « Khabarhub

राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी – राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका अध्यक्ष रमना श्रेष्ठले ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहारको व्यवस्थापनमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।

ज्ञानमाला भजनका माध्यमबाट बुद्ध शिक्षालाई जनजनमा व्यापक पुर्‍याउने उद्देश्यका साथ प्रत्येक तीनरतीन वर्षमा काठमाडौँसहित विभिन्न जिल्लामा राष्ट्रिय ज्ञानमाला सम्मेलन गरिँदै आइएको उनको भनाइ छ ।

सम्मेलनका लागि ३५१ सदस्यीय मूल समारोह समितिसँगै विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ । सम्मेलनमा देशभरि रहेका १४४ ज्ञानमाला भजन सङ्घमध्ये भारतको सिक्किमबाट गरी ८५ वटा भजन सङ्घका एक हजार २०० भन्दाबढी प्रतिनिधि सहभागी बन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

अध्यक्ष श्रेष्ठका अनुुसार सम्मेलनकै अवसरमा ज्ञानमालाका संस्थापक भन्नेहरूको पुण्य स्मृतिमा ‘भिक्षु धम्मालोक तथा भिक्षु अमृतानन्द राष्ट्रिय अभिनन्दन’ गरिने योजनाअनुुरुप यस वर्ष नेपालको थेरवाद बुद्ध शासनलाई संरक्षण, सम्वर्द्धन तथा चिरस्थायी बनाउन महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरू राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका संरक्षक प्रा सुवर्ण शाक्य र बौद्ध विद्वान तीलकमान गुभाजुलाई राष्ट्रिय अभिनन्दन गरिनेछ ।

त्यस्तै कार्यक्रममा ज्ञानमाला भजनका वरिष्ठ सङ्गीतकार राजभाइ बज्राचार्य पुण्यस्मृति कोषबाट वरिष्ठ गायिका तीर्थकुमारी थापालाई पनि राष्ट्रिय अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ४० बजे

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका