कांग्रेस बैठक सर्‍यो : के छन् एजेन्डा ? « Khabarhub

कांग्रेस बैठक सर्‍यो : के छन् एजेन्डा ?


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ११ बजे बस्ने भनिएको बैठक सरेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।

राष्ट्रिय सभामा कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो।

यही तयारी अनुसार सोमबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी ओलीसँग गुन्डु पुगेर भेटवार्ता गरेका छन्।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ०४ बजे

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य