चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा « Khabarhub

चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनाव सुरुङमार्गको प्रवेशमै अल्झिएको जस्तो देखिएको उल्लेख बताएका हुन् ।

बास्कोटाले चुनावको कुरा २०८४ सम्मै मात्र सीमित हुने कि त्यसपछि पनि निरन्तर टर्दै जाने भन्ने अन्योल कायमै रहेको सङ्केत गरेका हुन् । ‘नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने, मनचिन्ते झोली नखुले हुने अवस्था देखिन्छ,’ उनले लेखेका छन् ।

उहाँको भनाइले निर्वाचनको समयसीमा, राजनीतिक स्थिरता र निर्णय क्षमतामाथि प्रश्न उठाएको छ। बास्कोटाले ‘दिल्ली टाढा छैन भन्छन्, के हो के हो ?’ भन्दै राजनीतिक निर्णयमा बाह्य प्रभाव र अनिश्चितताको आशङ्का पनि व्यक्त गरेका छन् ।

नेता बास्कोटाको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक तरलता र निर्वाचनप्रतिको अन्यौलतासँग जोडेर हेरिएको छ। साथै केही निर्णय लिनु पर्यो कि दिल्ली धाउने नेपाली राजनीति प्रति पनि उहाँको कटाक्ष छ । यतिबेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा दिल्ली भ्रमणमा छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘फागुनमा घोषित चुनाब सुरुङ मार्ग प्रवेश भएछ तर कुरा चैँ चौरासीसम्मै हो झन् या पछिसम्म हो चुनावकै भईरहने भएछ, नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने मनचिन्ते झोली नखुले हुने।दिल्ली दूर नहिँ भन्छन्, के हो के हो ?’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ४९ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी