‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी « Khabarhub

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन् । फिल्म ‘बोक्सीको घर’कै टिमको सहकार्यमा यो फिल्म बन्न लागेको हो ।

नायिका केकी अधिकारीका अनुसार आगामी वर्ष २०८३ मा फिल्मको छायाङ्कन हुनेछ । सोही वर्षको उपयुक्त मितिमा हेरेर प्रदर्शनमा ल्याउने उनको योजना छ ।

यो फिल्मको कलाकार चाँडै सार्वजनिक गर्ने योजनमा उनी छन् । भन्छिन्, ‘अहिले कुरा भइरहेको छ । कलाकारको पूरा टोली फाइनल भएपछि हामी सार्वजनिक गर्नेछौं । चाँडै सार्वजनिक गर्नेछौं ।’

आफ्नो पनि अभिनय रहने सम्भावना उच्च रहेको केकीले बताइन् ।

‘पेट्रोल पम्प’का लागि निर्मात्री केकी र निर्देशन सुलक्षण कागजी सम्झौता भइसकेको छ । फिल्मको स्क्रिप्ट पनि सुलक्षणकै हो ।

यी दुई यो दोस्रो सहकार्य हो । ०८१ सालको सफल फिल्म ‘बोक्सी घर’को निर्देशक र लेखक सुलक्षण हुन् भने केकी नायिका र निर्मात्री हुन् ।

‘बोक्सी घर’ निर्माणकै दौरान सुलक्षणले सुनाएको अर्को कथामा फिल्म बनाउन लागेको केकीले सुलाइन् । उनी भन्छिन्, ‘एउटा राम्रो कथा थियो । त्यही कथाले हाम्रो दोस्रो सहकार्य हुने भयो ।’

‘पेट्रोल पम्प’ सामाजिक कथाको फिल्म रहेको उनले बताइन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : ४३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको