केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला « Khabarhub

केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

आइतबार आफ्नै निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यसँग भएको छलफलमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिबाटै विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने बताए। आफू त्यसकै तयारीमा लागिरहेको उनको भनाइ थियो।

अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार टुंग्याउने प्रक्रिया प्राथमिकतामा रहेकाले विशेष महाधिवेशन माघ ६ गतेपछि बोलाउँदा उपयुक्त हुने उनको भनाइ छ।

डा. कोइरालाले भने, ‘त्यो बेलासम्म राष्ट्रिय सभा र प्रतिनिधि सभाको मनोनयनसम्बन्धी सबै प्रक्रिया सकिन्छ। यसरी विशेष महाधिवेशन बोलाउँदा पार्टीभित्र एकताको सन्देश पनि जान्छ।’

उनले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर समय तय गर्नुपर्नेमा जोड दिए । फरक सन्दर्भमा उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन नगर्न कांग्रेस स्पष्ट हुनुपर्ने धारणा राखे।

‘गठबन्धनले प्रत्यक्षतर्फ दुई–चार सिट बढ्ला, तर समानुपातिक मत घट्छ र यसले कांग्रेसलाई दीर्घकालीन हानी पुर्‍याउँछ,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ भन्नेमा म स्पष्ट छु।’

छलफलमा ३० जना केन्द्रीय सदस्यको तर्फबाट बोल्दै पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेटघाट गरिएको बताइन्। उनले आफूहरू कुनै पक्षका नभए पनि आन्तरिक विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको स्पष्ट पारिन्। भुषालले डा. शेखर कोइरालालाई मध्यमार्गी बाटो पहिल्याउन आग्रह पनि गरिन्।

अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको हठका कारण पार्टी थप विवादमा फस्दै गएको उनीहरूको भनाइ थियो। दुबै पक्षसँग समन्वय गरेर मध्यमार्गी विकल्प पहिल्याउन डा. कोइरालालाई सामूहिक आग्रह गरिएको थियो।

छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सहभागी थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : २६ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र