केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला « Khabarhub

केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

आइतबार आफ्नै निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यसँग भएको छलफलमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिबाटै विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने बताए। आफू त्यसकै तयारीमा लागिरहेको उनको भनाइ थियो।

अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार टुंग्याउने प्रक्रिया प्राथमिकतामा रहेकाले विशेष महाधिवेशन माघ ६ गतेपछि बोलाउँदा उपयुक्त हुने उनको भनाइ छ।

डा. कोइरालाले भने, ‘त्यो बेलासम्म राष्ट्रिय सभा र प्रतिनिधि सभाको मनोनयनसम्बन्धी सबै प्रक्रिया सकिन्छ। यसरी विशेष महाधिवेशन बोलाउँदा पार्टीभित्र एकताको सन्देश पनि जान्छ।’

उनले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर समय तय गर्नुपर्नेमा जोड दिए । फरक सन्दर्भमा उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन नगर्न कांग्रेस स्पष्ट हुनुपर्ने धारणा राखे।

‘गठबन्धनले प्रत्यक्षतर्फ दुई–चार सिट बढ्ला, तर समानुपातिक मत घट्छ र यसले कांग्रेसलाई दीर्घकालीन हानी पुर्‍याउँछ,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ भन्नेमा म स्पष्ट छु।’

छलफलमा ३० जना केन्द्रीय सदस्यको तर्फबाट बोल्दै पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेटघाट गरिएको बताइन्। उनले आफूहरू कुनै पक्षका नभए पनि आन्तरिक विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको स्पष्ट पारिन्। भुषालले डा. शेखर कोइरालालाई मध्यमार्गी बाटो पहिल्याउन आग्रह पनि गरिन्।

अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको हठका कारण पार्टी थप विवादमा फस्दै गएको उनीहरूको भनाइ थियो। दुबै पक्षसँग समन्वय गरेर मध्यमार्गी विकल्प पहिल्याउन डा. कोइरालालाई सामूहिक आग्रह गरिएको थियो।

छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सहभागी थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : २६ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ