‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ? « Khabarhub

‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ?


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०८१ सालको दशैँदेखि फिल्म निर्माणमा विश्राम लिएको ‘छक्का पञ्जा’ टिमले अर्को सिक्वले ‘छ माया छपक्कै २’ बाट ठूलो पर्दामा फर्किने भएको छ ।

‘छ माया छपक्कै’ कै निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा, कलाकार दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल र नायिका केकी अधिकारी सिक्वेलमा दोहोरिने भएका छन् ।

अहिले निर्देशक लामा र दीपक मिलेर यो फिल्म लेखिरहेको बुझिएको छ ।

निर्माता अधिकारीका अनुसार यो फिल्मको छायाङ्कन चैत १ बाट सुरु हुनेछ । ०८३ को दशैँलाई प्रदर्शन मिति तय गरिएको छ ।

‘छक्का पञ्जा’ समूहबाट निकालिएका कलाकार जितु नेपाल पनि यो फिल्ममा रहने बुझिएको छ । दीपक–दीपाको समूहसँग रहेर जितुले गरेको अन्तिम फिल्म नै ‘छ माया छपक्कै’ हो ।

करिब ७ वर्षपछि दीपक र जितुको एकै फिल्ममा सहकार्य हुने भएको हो ।

स्रोतका अनुसार यस फिल्मा जितुको भूमिका निकै सानो छ । स्रोतको दाबी छ, ‘जितुको अतिथीय भूमिकामा भन्न मिल्छ । पहिलाको जस्तो उहाँको लामो भूमिका भने छैन ।’

‘छक्का पञ्जा’ टिमसँग जितुको सम्बन्ध राम्रो छैन । महानायक काण्डमा जितुले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्रीलाई निकालेका कारण ‘छक्का पञ्जा’ टिमबाट जितु निकालिएका थिए । त्यस यता जितुले अन्य ब्यानरका फिल्महरु गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ५१ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान