युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा « Khabarhub

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका प्रमुख सहयोगीहरूले मंगलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ । 
 
दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकहरूको समूहको शिखर सम्मेलनलाई ‘कोएलिशन अफ द विलिङ’भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको  बैठक मध्ये पछिल्लो हो ।

 छलफलका लागि २७ राष्ट्र प्रमुखहरू सहित ३५ देशका प्रतिनिधिहरू पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगीहरू सयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताएका छन् ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।  

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट’ रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताएका छन् । 

युक्रेन, युरोप र अमेरिकाबिचको पुनः संयोजनको यस अभ्यासमा सफल भएको उनले सोमबार पत्रकारहरूलाई बताएका छन् । 

कूटनीतिक स्रोतका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

उनीहरूले विशेष गरी युक्रेन र  रूस बिच युद्धविराम कस्तो देखिन्छ भन्ने साझा दृष्टिकोण र उल्लङ्घनको अवस्थाको प्रतिक्रियामा प्रतिबद्ध हुन तयार रहेको जनाएका छन् ।

उनीहरूले सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा युक्रेनलाई आश्वासन दिन बहुराष्ट्रिय बल तैनाथ गर्ने बारेमा पनि छलफल गर्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताएका छन् ।
 
 छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनी लगायत १५ देशका सुरक्षा सल्लाहकारहरू साथै नेटो र युरोपेली सङ्घका प्रतिनिधिहरू यस अघि भर्चुअल रूपमा सहभागी भएका थिए । 

पछिल्लो समयमा सम्झौता “९० प्रतिशत“ तयार रहेको किएभले बताएको छ । यद्यपि मस्को र किभ दुवै युद्ध पछिको सम्झौताका प्रमुख मुद्दामा मतभेदमा छन् ।

युक्रेनको करिब २० प्रतिशत ओगटेको रूसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लागि दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई चेतावनी दिदै फेरि आक्रमण गर्नबाट रोक्ने र असफल हुने शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ४७ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ