फिल्म ‘आई एम जीतबहादुर’ बनाउँदै जितु नेपाल « Khabarhub

फिल्म ‘आई एम जीतबहादुर’ बनाउँदै जितु नेपाल


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले फिल्म ‘आई एम जीतबहादुर’ बनाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट मंगलबार फिल्म निर्माणको घोषणा गरेका हुन् ।

यही फिल्मबाट जितुले फिल्ममा लगानी गर्ने सोच बनाएका हुन् । यसअघि उनी ‘छक्का पञ्जा’ टिमले बनाउने फिल्ममा कार्यकारी निर्माता जिम्मेवारीमा थिए ।

यस फिल्मको निर्देशक भारतीय नागरिक सुवेन्दु घोष हुन् । उनकै कथामा यो फिल्म बन्न लागेको हो ।

जितु र घोष चिनजानका व्यक्ति हुन् । पहिलादेखि नै घोषको नेपाली फिल्ममा काम गर्ने चासो रहेको र अहिले वातावरण मिलेको जितुले बताए ।

फिल्ममा निर्देशक रहनुको कारण बारे जितु थप्छन् , ‘उहाँ मेरो साथी हुनुहुन्छ । उहाँ मलाई लिएर एउटा नेपाली फिल्म बनाउँछु भनिरहनु भएको थियो । अहिले महोल मिल्यो ।’

यस फिल्मको शीर्ष भूमिकामा जितु नै रहने बुझिएको छ । अन्य कलाकार चयनको काम भने बाँकी रहेको छ । जितु भन्छन्, ‘एक नायिकासँग आजै भेट्ने कुरा छ । फाइनल भएपछि सार्वजनिक गर्छु ।’

भारतीय निर्देशक रहे पनि कथा पूर्ण नेपाली परिवेशकै रहेको जितु बताउँछन् । उनी भन्छन्, ‘नेपाली एयरलाइन्सको विमान विदेशी पाइलटले उडाएको भनेर बुझ्नुस् न ।’

कलाकार बन्ने सपना भएको एक ग्रामिण युवाको कथा आधारित भएर फिल्म बन्ने उनले खुलाए ।

माघ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारी रहेको छ । फिल्म तयार भएपछि प्रदर्शन मिति तय गर्ने तयारी रहेको उनले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ३८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको